एजेन्सी – नेमार घाइते भएको खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी) लार्इ यस सिजनमा पहिलो पटक फ्रेन्च लिग वानमा ब्रोडियक्सले बराबरीमा रोकेको छ।आइतबार राति भएको खेलमा ब्रोडियक्सले पीएसजीलार्इ २-२ को बराबरीमा रोक्दै उसको लगातार १४ खेलको जितको यात्रालार्इ पूर्णविराम लगार्इदिएको हो।
डाँनी अल्भासको क्रसमा नेमारले भली गर्दै पीएसजीलार्इ सुरुवाती अग्रता दिलाएका थिए। पछि उनी मांशपेसीमा समस्याका कारण मैदानबाट बाहिरिए।
५७अौं मिनेटमा मैदान छाडेका नेमा सिधैँ टनेलको उपचार कक्षमा गएका थिए। पीएसजीका प्रशिक्षाक थोमस टुचिलले नेमारलार्इ सिरियस समस्या नभएको विश्वास व्यक्त गरे।
जिम्मी ब्रियन्डले बराबरी गोल फर्काएपनि केलियन एम्बाप्पेले पुनस् पीएसजीलार्इ अग्रता दिलाएका थिए तर अन्द्रेस कार्नोलिसले हेडर गोल गर्दै पीएसजीको १४ खेलको जित यात्रा टुंग्गाइदिए।
१५ खेलमा १४ मा जित र एकमा बराबरी सहित पीएसजी ४३ अंकसहित लिगको शीर्षमा छ। यूरोपका टप पाँच लिगमा लगातार १४ खेलमा जित निकाल्नु कीर्तिमान हो।


