एजेन्सी –अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहफोटोग्राफर्सले मौका पाउने वितिक्कै दीपिकालाई भाउजु भनेर बोलाउन थालिहाल्छन् ।रणवीर र दीपिकाले जब यो जोडी विवाह सकेर मुम्बई फर्किए तब त्यहाँ उनीहरुको फोटो लिने ग्राफर्सहरुले उनलाई भाउजु भनेर बोलाउन थाले । यो जोडीले भारत फर्केपछि विवाहको रिसेप्सन पार्टी पनि दिएका छन् । यसमा एक पार्टी बेंगलुरुमा र अन्य दुई पार्टी मुंबईमा दिएका थिए । सबै पार्टीमा फोटोग्राफर्सले दीपिकालाई भाउजु भनेर बोलाएका थिए ।हालै डिसेम्बर १ मा भएको पार्टीमा दीपिकाले सबैलाई आफ्नो नामबाट बोलाउन आग्रह गरिन् । उनीहरुले इटलीको लेक कोमोमा विवाह गरेका हुन् । अहिले दीपिकाले पार्टीमा ‘भाभी मत बुलायो यार’ भनेको उक्त भिडियो इन्टरनेटमा भाइरल बनेको छ ।


