सेन्चुरी बैंकलाई कर्पोरेट सुपर सिक्स उपाधि


कीर्तिपुर – पाँचौ संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको उपाधी सेन्चुरी बैंकले जितेको छ । शनिबार एनआईसी एसिया बैंकलाई ७ बिकेटले पराजित गर्दै सेन्चुरी बैंक उपाधि हात पारेको हो ।
त्रिवि क्रीकेट मैदान मा आज ट्स जितेर एनआईसी एसिया ले पहिले ब्याटिङ गर्दै ७६ रनको योगफल खडा गरेको थियो । जसमा सन्दिप कार्कीले ३१ र समीरले १४ रनको पारी खेले । यसपछि ७७ रनको बिजयी लक्ष्य सेन्चुरीले एक बल अगाडी ३ विकेटको क्षतिमा पुरा गरेको हो । सेन्चुरीलाई च्याम्पियन बनाउन सुबास सर्मा२१ , बिजय गौतम १२ , दिवस डङ्गोल ७ रन र बिष्णु तिवारीले अबिजित २० रन जोडे ।


प्रकाशित : २०७५ मंसिर १५, शनिबार १६:५३ गते

धेरै पढिएको

ताजा समाचार