एजेन्सी – असुरक्षित यौन सम्पर्क स्वास्थ्य तथा मानसिक रुपमै हानिकारक छ । असुरक्षित यौन सम्पर्कले विभिन्न यौन रोगको जोखिम बढाउने चिकित्सकहरु बताउँछन् । तर, कतिपय यौन रोगले शरीरमा संक्रमण गर्दा लक्षण देखा नपर्ने हुँदा मानिस जोखिममा पर्ने गर्छन् । असुरक्षित यौन सम्पर्क स्वास्थ्यलाई जति हानिकारक छ त्यत्ति नै मानसिक रुपमा पनि । यौन सम्बन्धमा बढी सक्रिय हुने मानिसहरुमा यौन रोगका लक्षण थाहा नपाउने वा चासो नराख्ने हुँदा समस्यामा पर्ने गर्छन् । लक्षण नै थाहा नपाउने यौन रोगहरु कुन कुन हुन् त रु
१.गोनोरिया
असुरक्षित यौन सम्पर्क गर्दा व्याक्टेरियाका कारण मानिसमा गोनोरियाको संक्रमण हुनसक्छ । जसका कारण जेनिटल अंग रेक्टममा संक्रमण हुनसक्छ । महिलाहरूमा प्रायः यस रोगको लक्षण देखिदैन र देखिहालेको खण्डमा पनि धेरै कम तथा व्लाडरको संक्रमण हुने गर्छ ।
२.हर्पिज
असुरक्षित यौन सम्पर्कका कारण लाग्ने यौन रोग सिम्प्लैक्स टाइप २ पनि हो । हर्पिज सिम्प्लैक्स टाइप १ले मुखको वरिपरि छाला पर्ने गर्छ भने हर्पिज सिम्प्लैक्स टाइप २ मा यसले यौनाङ्गलाई प्रभावित पार्दछ । यौन सम्बन्ध राख्ने क्रममा यो संक्रमण पार्टनरमा समेत सर्नसक्छ, जसको लक्षण सजिलै देख्न सकिँदैन ।
३.क्लेमाइडिया
क्लेमाइडिया एक साधारण प्रकारको यौन सञ्चारित रोग हो, जसको कुनै लक्षण देखिदैन । असामान्य रूपमा यौनाङ्गबाट तरल पदार्थ निस्कनु तथा पिसाब गर्दा पिसाब पोल्नु नै यसको प्रमुख संकेत हो । विशेषगरी, यस्ता संक्रमण मुत्रनलीबाट शरीरमा फैलिनसक्ने भएकाले क्लेमाइडिया भएको शंका लागेमा तुरुन्तै चिकित्सकसित परामर्श लिनुपर्छ ।
४.ह्युमन पेपिलोमा भाइरस
ह्युमन पेपिलोमा भाइरसको प्रभाव कम भएमा यौनाङ्गबाट पानी निस्कन थाल्छ भने यसको प्रभाव बढी भएमो गम्भीर समस्या निम्त्याउन सक्छ । धेरैजसो अवस्थामा यसको लक्षण नदेखिने र यौनाङ्गबाट पानी पनि नबग्ने हुन्छ । यस प्रकारका समस्या देखिएमा यौन रोग विशेषज्ञलाई देखाउनु उचित हुन्छ ।


