बिहे गर्दै राखी सावन्त…


मुम्बइ। बलिउडमा एकपछि अर्को बिहे भइरहेका छन् । इटलीमा दिपिका पादुकोण र रणवीर सिंहको बिहे भएको एक महिना नबित्दै अर्की बलिउड सुपरस्टार प्रियंका चोपडाको बिहेको प्रक्रिया सुरु भइसकेको छ । यही बीचमा बलिउडकी विवादित आइटम डान्सर राखी सावन्त पनि बिहे गर्दैछिन् । रोचक त के भने राखीका बेहुला पनि राखीजस्तै निकै विवादित छन् । आफ्नो बिहेबारे राखी स्वयंले जानकारी दिएकी हुन् । उनले एक कार्ड सामाजिक संजालमा शेयर गर्दै आफ्नो बिहेबारे जानकारी दिएकी हुन् । उनको बिहे ३१ डिसेम्बरमा हुँदैछ । राखीका हुनेवाला बेहुला हुन् विवादित युट्युब स्टार दिपक कलाल । दिपक आफ्ना विचित्र र विवादित भिडियोका कारण निकै चर्चामा रहन्छन् । कमेडियन दिपक कलाल इण्डियाज गट ट्यालेन्टमा पनि भाग लिइसकेका छन् ।


प्रकाशित : २०७५ मंसिर १४, शुक्रबार २१:२० गते

धेरै पढिएको

ताजा समाचार