काठमाडौं । थ्रीस्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम एपीएफ क्लबलाई पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको छ ।ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टारले लिग लिडर मनाङसँगको अंक बराबरी गरेको हो । थ्रीस्टारको जितमा रञ्जन विष्ट नायक सावित भए । उनकै दुई गोलमा थ्रीस्टारले जित हात पारेको हो ।
प्रकाशित : २०७५ मंसिर १४, शुक्रबार २१:०० गते


