बेरस्टोले विश्फोटक ब्याटिङमा केरला विजयी तर सन्दीपको लगातार खराब प्रर्दशन


एजेन्सी – यूएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने टिम केराला किंग्सले बंगाल टाइगर्सलाई ७ विकेटले पराजित गरेको छ । इंग्लिस ब्याट्सम्यान जोनी बेरस्टोले बेरस्टोले २४ बलमा ६ चौका र ८ छक्कासहित ८४ रन प्रहार गर्दै नटआउट रहेमा पछि केरालाको जित संभव बनेको हो ।

फाबियन एलनले नट आउट ११ रन जोडेर बेरस्टोलाई साथ दिए । क्रिस गेल १९ रन, पल स्टरलिङ १० रन तथा कप्तान ओइन मोर्गन पहिलो बलमा नै पेभेलियन फर्किएका थिए । बेंगालका लागि मोहमद नाबीले २ तथा सुनिल नारायणले १ विकेट लिए ।

शारजाह क्रिकेट मैदानमा टस जितर पहिला फिल्डिङ गर्ने निर्णय लिएको किंगसले सन्दीपलाई दोस्रो ओभरमा बलिङ गर्न ल्याएको थियो । उक्त ओभरमा सन्दीपलाई सुनिल नारायणले दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गरे । त्यस्तै अन्तिम बलमा पनि नारायणले छक्का प्रहार गरेपछि पहिलो ओभरमै सन्दीपले २० रन खर्चिए । अन्य तीन बल डट गराउँदा दुई वाइड फाले । पहिलो ओभरमै महँगो सावित भएपछि कप्तान इयोन मोर्गनले सन्दीपलाई दोस्रो ओभर बलिङ गर्न दिएनन् । योसँगै सन्दीप पछिल्ला तीन खेलमा विकेट विहिन पनि बनेका छन् ।

टाइगर्सले किंगसलाई १ सय २४ रनको लक्ष्य दिएको थियो ।


प्रकाशित : २०७५ मंसिर १४, शुक्रबार २०:५२ गते

धेरै पढिएको

ताजा समाचार