यससँगै मिस वल्र्ड २०१८ को फाइनल ९ टप ३०० मा पुग्ने उनी दोस्रो प्रतियोगी बनेकी छन् । यसअघि फ्रान्सकी माइभा कोउकेले टप मोडेलको अवार्ड जित्दै फाइनलमा स्थान बनाएकी थिइन् ।
१८ देशका सुन्दरीहरुले मिस ट्यालेन्डको फाइनल राउन्डमा प्रतिस्पर्धा गरेका थिए । नेपालकी श्रृंखला खतिवडा फाइनलमा पुगेकी थिइनन् । कनाकोको प्रस्तुतिले जजहरुलाई मोहित बनाएको थियो । उनीहरुले उठेर ताली बजाएका थिए ।
शृंखलाले फेसबुकमा कनाकोलार्ई बधाई दिएकी छन् । उनको प्रस्तुतिमा आफ्नो आँखा रसाएको भन्दै शृंखलाले लेखेकी छन्, ‘तिमी यो अवार्डको हकदार थियौ ।’।
प्रकाशित : २०७५ मंसिर १२, बुधबार १९:१७ गते


