काठमाडौं – विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै साविक विजेता एपीएफले प्रधानसेनापति कपको उपाधि जितेको छ । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि विजेताको टुङ्गो टाइब्रेकरबाट लगाउनु परेको थियो । एपीएफका लागि सावित्रा भण्डारी, रेनुका नगरकोटे, अनिता बस्नेत र अनु लामा प्रहार गोल भएको थियो । गीता रानाको प्रहार बाहिरियो । आर्मीका लागि अन्जना रानामगर र निशा बोहोराले गोल गर्दा कप्तान कृष्णा खत्री र इन्दिरा राई चुकेपछि आर्मीको उपाधि जित्ने सपना अधुरै बनेको हो ।
प्रकाशित : २०७५ मंसिर १२, बुधबार १६:५० गते


