मुम्बई : बलिउड इन्डस्ट्रीमा एकपछि अर्को हिट फिल्म दिएकी अभिनेत्री भूमि पेडनेकर अहिले अफ्नो आगामी फिल्म ‘डाली, किट्टी और वो चमकते सितारे’को सुटिङ गरिरहेकी छन्।
आगरामा सुटिङका क्रममा भूमिका फ्यान फलोइङको गजबको दृश्य देखियो। खबरअनुसार जब भूमि यहाँको बाजारमा सुटिङ गरिरहेकी थिइन् तब एक हजार दर्शक उनलाई हेर्न जम्मा भए। उनीहरू भूमिसँग फोटो खिचाउन चाहन्थे। भूमि आफ्ना फ्यान देखेर खुसी भइन्।
भूमिले आफ्ना फ्यानबीच गएर उनीहरूसँग कुराकानी गरिन् र फोटो पनि खिचाइन्। भूमिको यो व्यवहार देखेर भीडले सुटिङमा बाधा पुर्याएन र शान्तिपूर्वक सुटिङ गर्न दियो।
अलंक्रिता श्रीवास्तवद्वारा निर्देशित र एकता कपुरद्वारा निर्मित यो फिल्म युवाको कहानी हो। यसमा भूमि पेडनेकर र कोंकणा सेन शर्माजस्ता स्टार प्रमुख भूमिकामा छन्। फिल्मको सुटिङ गुरिल्ला शैलीमा आगराका गल्लीहरूमा खिचिँदै छ। -अन्नपूर्ण पोस्ट


