रियल म्याड्रिड शीर्षस्थानमा


एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को पाँचौ खेलमा रियल म्याड्रिडले एएस रोमालाई २–० ले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा रियल म्याड्रिडका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ४७ औं मिनेटमा ग्यारेथ बेलले डिफेन्डर फेडेरिको फाजियोको गल्तिको फाइदा उठाउँदै रियललाई सुरुवाती अग्रता दिलाए । यो उनको पछिल्लो पाँच च्याम्पियन्स लिग खेलमा पाँचौ गोल थियो । ५९ औं मिनेटमा लुकास भाज्केजले दोस्रो गोल गर्दै रियलको जित पक्का गरे । जितसँगै अंक तालिकामा रियल शीर्ष स्थानमा रहने पक्का भएको छ । रोमा पनि दोस्रो स्थानमा रहँदै अर्को चरण पुगेको छ ।


प्रकाशित : २०७५ मंसिर १२, बुधबार ११:३८ गते

धेरै पढिएको

ताजा समाचार