
The Potato Eaters
भिन्सेन्ट भ्यान गग Vincent Willem van Gogh
जन्म – ३० मार्च १८५३
मृत्यु – २९ जुलाई १८९०
भिन्सेन्ट भ्यान गग Vincent Willem van Gogh नेदरल्याण्डका अत्यन्त प्रतिभाशाली चित्रकार थिए । जसका उत्तर प्रभाववादी चित्रकलाले २० सौ शताब्दीको आधुनिक कलामा अमिट छाप परेको छ । उनको चित्र उदार रङ र समवेदना ले भरिएको पाइन्छ । जीवन भर उनलाई कुनैं संम्मान मिलेन , बरु जिबन भर मानसिक रोग संग लडिरहे । र अन्तत ३७ वर्षको उमेरमा उनले आत्महत्या गरे ।
उनको प्रसिद्धि मृत्यु पछि बढ्यो र आज उनी संसारको सबैभन्दा ठूलो चित्रकार र आधुनिक कलाको संस्थापकहरु मध्य एक मानिन्छन । 28 वर्षको उमेरमा चित्रकारीता सुरू गरेका उनले जीवनको अन्तिम दुई वर्षमा आफ्ना सबैभन्दा महत्त्वपूर्ण रचनाहौ बनाएका थिए । उक्त 9 वर्षमा उनले 2000 भन्दा बढी चित्रहरू बनाए, जसमा लगभग 900 तेल चित्रहरु थिए। स्व-चित्रहरू, परिदृश्यहरू, छविहरू र उनीले बनाएका सूर्यमुखी फूलहरू संसारका सबैभन्दा प्रसिद्ध र महंगा कलाकृतिहरू हुन्।

sunflower
उनले आफ्ना वयस्क जीवनकालमा लन्डन र पेरिस सम्म पुगे । त्यस पछि तिनले केही समय इंग्ल्याण्डमा पढे।आफुलाई सावित गर्ने क्रममा उनले पादरी हुन खोजे र जसका लागि उनले १८७९ मा बेल्जियमको एक खण्डमा मिसनरीको रूपमा काम गरिरहेको थिए । यस समयमा, उनले नजिकैका मान्छेहरुको तस्वीरहरू ड्राइंग गर्न थाले ।र १८८५ मा, उनको पहिलो प्रमुख संरचना The Potato Eaters ( आलु खानेवाला) थियो।

portrait of Dr. Gachet
त्यस समयमा, उनले आफ्ना चित्रहरूमा गहिरो रंगहरू प्रयोग गरे। मार्च १८८६ मा, उनी एक कलाकार बन्ने लक्ष्यका साथ पेरिस पुगे र उनले फ्रेंच इंप्रेशनिस्ट कलाकारहरुको सामना गरे। केही समयपछि भिन्सेन्ट भ्यान गग दक्षिणी फ्रान्स पुगे, जहाँको उज्यालो उनलाई सुन्दर लाग्यो । त्यस पछि, उज्यालो रङ्हरूको प्रयोग उनको चित्रमा बढ्न थाल्यो । आर्लमा बस्ने क्रममा, उनले आफ्नो अनौठो शैलीजको विकास गरे ,जसको कारण आज उनि चिनिन्छन ।उनको कलामा उनरको मनोवैज्ञानिक विकारहरूको असर वा प्रभाव धेरै छलफल भएको छ। आजकल यो मानिन्छ कि उनि उत्तम कलाकारहरू थिए जसलै हामीले रोगको कारण गुमायौ।

Self portrait


