“घनचक्कर” को पहिलो गीत सार्वजनिक !


काठमाडौं : भट्ट एन्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘घनचक्कर’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘हिरो’ बोलको गीतमा राजेशपायल राई र देव कोइमीको स्वर रहेको छ। गीतमा दुई अभिनेता सौगात मल्ल र सलोन बस्नेत नवअभिनेत्री कश्मिरा लामाका लागि एकअर्कासँग लडिरहेका छन्।

पुस १३ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘घनचक्कर’ निर्देशक जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन्। ‘घनचक्कर’ को छायांकन सुशन प्रजापतिले गरेका हुन्। चलचित्रमा सरोज खनाल, जेबी डीसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तीमगरलगायतका कलाकारको अभिनय छ।

अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजवंशीको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन रहेको चलचित्रको कथा अर्जुन सिंहले तयार पारेका हुन्। कागी लिम्बूको स्क्रिनप्ले र डाइलग रहेको चलचित्रमा सौगात र सलोन गाउँले दाजु भाइको भूमिकामा छन्। चलचित्रका निर्माता हरि भट्ट सूर्यनाथ हुन्।


प्रकाशित : २०७५ मंसिर ११, मंगलवार ११:३१ गते

धेरै पढिएको

ताजा समाचार