काठमाडौँ: हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’को बिजेता उपाधीआयुस श्रेष्ठले जितेका छन ।काठ्माण्डौ उपत्यकाको हात्तिवन सामुदायिक जंगलमा फाइनल प्रतिश्पर्धा गराइएको थियो जसमा आयुस श्रेष्ठ, पिरबीर घले र तेजश बस्नेत फाइनलिस्टको रुपमाप्रतिस्पर्धा गरेका थिए ।
हिमालय टेलिभिजन मार्फत प्रशारण भएको यो एड्भेन्चर रीयालिटी शो मा श्रेष्ठले बुट्वल अडिसनबाट प्रतिश्पर्धामा सहभगिता जनाएका हुन । अडिसनमा सहभागी हजारौँ प्रतिश्पर्धीहरु मध्यबाटजर्नि राउन्डमा छानिएका उत्कृष्ट १३ प्रतिश्पर्धिलाई पछि पार्दै उनि बिजयी भएका हुन ।बिजेताको उपाधी सँगै आयुसले दशलाखनब्बे हजार रुपैँयानगद र यामाहाएफ.जेड. २५० सिसीको बाइक पुरस्कार स्वरुपप्राप्त गरेका छन । बिजेताले कुल २० लाख रुपैँयाप्राप्त गर्न सक्ने थिए तर जर्नि राउन्डमा खेलाइएका खेलहरु मार्फत प्रतिश्पर्र्धीहरुले कुल रु दशलाख नब्बेहजार जित्न सके ।

हिमालय रोडिजमा प्रतिश्पर्धिहरुको शारिरीक मानसिक र बौद्दिक क्षमता मात्र नभएर उनिहरुको सामाजिक ब्यावहरको पनि मुल्यांकन हुन्छ । भाग्यले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने यस रीयालीटी शोमा प्रतिश्पर्धि बिचको आपसि बिवाद र खिचातानीले अझ रोमान्चकता थप्छ । भारत लगाएत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रीयालटी शो एम टिभी रोडिज, भायकम अठारको फ्रेन्चाइज हो ।
यामाहाएफ.जी. मोटरसासइकल मुख्य प्रयोजक रहेको हिमालय रोडिजमा प्रतिस्पर्धीको खोजको क्रमका नेपालका पाँच ओटा शहरहरुमा अडिसन गरीएको थियो । अडिसनमा मेन्टरहरुको मन जित्न सफल प्रतिस्पर्धीलाई पर्सनल इन्टरभ्यु राउन्डमा प्रवेश गराइएको थियो । पर्सनल इन्टरभ्युर राउन्डबाट उत्कृष्ट १३ जनालाई प्रतिस्पर्धाको लागी नेपालको सुदुरपश्चिम लगिएको थियो र सुदुर पश्चिमकाविभिन्न राष्टिय निकुन्ज तथा अन्य आकर्षक ठाउँमा प्रतिस्पर्धा गराइएको थियो । गत वर्षको सिजन जस्तै यसपाली पनि निर्णायक टिममा रेमन दाश श्रेष्ठ, दिया मास्के र आशिष राना (लाउरे) थिए भने गत सिजनका विजेता समन श्रेष्ठ र अनिमेश शाही प्रश्तोताका रुपमा उपस्थित थिए । लोकप्रियता संग सँगै अनेकन विवाद खेपिरहने यो रियालीटी शो को निेर्देशन अमन प्रताप अधिकारीले गरेका हुन ।


