सन्दीपलाई टी-१० मा नंबर वान बन्ने अवसर !


एजेन्सी – यूएईमा जारी टी–१० नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई शिर्ष स्थानमा उक्लिने मौका रहेको छ । सन्दीपको टिम केरला किंग्सले आफ्नो चौथो खेलमा आज पञ्जावी लिजेन्ड्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार राती १० : ३० शारजाह क्रिकेट मैदान सुरु हुने छ ।

जारी टी–१० लिगमा सन्दीपले उत्कृष्ट प्रर्दशन गरि रहेका छन् । पहिलो खेलमा पख्तुन्सबीरुद्ध २ ओभरमा ३ विकेट लिदैँ ‘म्यान अफ द म्याच’ चुनिएका सन्दीपले दोस्रो खेलमा सिन्धिसबीरुद्ध २ ओभरमा १४ रन खर्चेर १ विकेट हात पारे । त्यस्तै तेस्रो खेलमा राजपुत्सबीरुद्ध २ ओभरमा २३ रन खर्चेर २ विकेट हात पारे । सन्दीप सर्वाधिक विकेट लिने बलरमा दोस्रो स्थानमा रहेका छन् । पहिलो स्थानमा सन्धिसका प्रवीन ताम्बेले २ खेलमा ६ विकेट लिदैँ शिर्ष स्थानमा रहेका छन् । आज सन्दीपले एक विकेट लिए शिर्ष स्थानमा उक्लिने छन् ।


प्रकाशित : २०७५ मंसिर १०, सोमबार १९:११ गते

धेरै पढिएको

ताजा समाचार