मुम्बई । बलिउडका अभिनेता अक्षय कुमार हर क्षेत्रमा निकै सक्रिय छन्। झन् खेलकुदमा त उनी निकै नै चासो दिने अभिनेतामा पर्दछन्। मार्सल आर्टमा एक्सपर्ट अक्षय क्रिकेटमा पनि उत्तिकै चारो राख्दछन्।तर उनलाई क्रिकेटको गणितिय विषयमा भने कुनै जानकारी छैन। अक्षयले आज भारत र अष्ट्रेलियाको बीच भएको टि ट्वान्टी खेल हुनुभन्दा अगाडि एक टिभी च्यानलमा आफ्नो २।० को प्रमोसनका लागि आएका थिए।
अक्षयले यही समयमा एउटा रहस्य खोलेका छन् । अक्षयका अनुसार उनी एक समय स्कुलको क्रिकेट टिममा रहेको र आफुँले ३८ रन बनाएको खबर पहिलो पटक पत्रिकामा छापिएको खुलासा गरेका छन्। उनका अनुसार उनी सो टिममा पर्नुको कारण नै आफु बढी दर्गुन सक्नु रहेको छ। जसमा उनलाई फिल्डिङ्का लागि राखिने गर्दथ्यो।यसै समयमा अक्षय कुमारले क्रिकेटमा डकवर्थ लुईस सिस्टमको फर्मुलाले आफुँलाई हैरान बनाउने गरेको बताए। उता फिल्म २।० को ट्रेलर लञ्च कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै निर्देशक शंकरले भनेका छन्, यस फिल्ममा अक्षय कुमारलाई अहम रोल दिनुभन्दा अगाडि धेरै कलाकारलाई प्रस्ताव गरेको र उनीहरुले अस्विकार गरेका कारण अक्षयले सो रोल गरेको बताएका छन्।


