फ्लप अभिनेत्रीकै रेट बढी, किन? जान्नुहोस् यी छन् कुरा!


काठमाडौ – पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पारिश्रमिकको चर्चा खुबै हुने गरेको छ । आफ्नो अभिनय कसरी राम्रो बनाउने भन्दा पनि धेरै पारिश्रमिकमा कसरी आफुलाई अगाडि देखाउने होडमा कलाकार लागेका छन् ।

यस्तै होडमा देखिएका छन् तीन अभिनेत्री । साम्राज्ञीराज्य लक्ष्मी शाह, पुजा शर्मा र नम्रता श्रेष्ठ । साम्रज्ञी पछिल्लो समयकी हिट अभिनेत्री हुन् । उनले लगातार दिन नसकेपनि केही चलचित्र भने हिट दिएकी छन् ।

उनले हालै एक चलचित्र अभिनयको लागि १५ लाख लिएको बिषयले चलचित्र नगरिमा निकै चर्चा पायो । उनलाई सो पारिश्रमिक निर्माता पुनम गौतमले आफुले निर्माण गर्ने नयाँ चलचित्रका लागि दिएकी हुन् ।

साम्रज्ञीको १५ लाख पारिश्रमिकको चर्चा सेलाउन नपाउदै अर्की अभिनेत्री पुजाले पनि आफुले पनि सोही पारिश्रमिक पाएको हल्ला पिटाइन् । यो भिडमा नम्रता भने के कम । उनले पनि प्रदर्शनमा आउन लागेको चलचित्र प्रसादमा १५ लाख लिएको चर्चा गर्न पछि परिनन् ।

यी ३ अभिनेत्रीको पारिश्रमिक चर्चाले अहिले चलचित्र क्षेत्रमा हिरोइन महँगिएको अनुमान गर्न सकिन्छ । तर उनीहरुले भने झै पारिश्रमिक पाए पाएन् । त्यो भने एकिन गर्न सक्ने अवस्था छैन । किनभने यि तीनै अभिनेत्रीले अभिनय गरेका सबै चलचित्र हिट छैनन् । न त अभिनेत्रीका कारणले चलचित्र चल्छ भन्न सकिने अवस्था नै छ ।

यी मध्य साम्राज्ञी अहिलेकी डिमान्डकी हिरोइन हुन् । तर उनी अभिनित सबै चलचित्र सफल भने भएका छैन् । ड्रिमबाट अभिनयमा भित्रिएकी साम्राज्ञीका दुई चलचित्र तिमीसँग र कायरा फ्लप फिल्म हुन् । यसपछि आएको उनको अर्काे चलचित्र इनटु मिन्टु लण्डनमाले पनि राम्रो ब्यवसाय गर्न सकेन ।

पुजाको कुरा गर्ने हो भने उनी मिडियामा मात्र हिट हुन् । अभिनेता प्रदीप खड्कासँग प्रेम गीत हिट दिएकी पुजाका त्यस पछिका फिल्म भने खासै राम्रो भएन । तर उनी भने सबै चलचित्र हिट भएको दाबी गर्दछिन् ।उनको म यस्तो गीत गाउछु , मधुमास, अझै पनि लगायत केही चलचित्र फ्लप छन् ।

अर्की अभिनेत्री नम्रता श्रेष्ठको हालत पनि त्यस्तै छ । मेरो एउटा साथी छ चलचित्रबाट नोटिमा परेकी नम्रताका अहिलेसम्म करिब आधा दर्जन बढी चलचित्र आए होलान् । तर धेरै फ्लप छन् । नाम लिनुपर्दा पर्व, मेघा, नोभेम्बर रेन, मौन, सम्बन्ध, मिस यु, छड्के लगायतलाई लिन सकिन्छ ।

बिगत र बर्तमान नियाल्ने हो भने यी तिनै अभिनेत्री मध्य कसैको पनि सबै फिल्म हिट छैन । अभिनय गरेका पनि हिट भन्दा फ्लप धेरै देख्न सकिन्छ । त्यसैले अहिले यी अभिनेत्रीले सार्वजनिक गरेको पारिश्रमिकको बिषयमा चलचित्र नगरिमा फ्लप हिरोइनको रेट बढी भन्ने चर्चा समेत चल्न थालेको छ ।


प्रकाशित : २०७५ मंसिर १०, सोमबार १३:४९ गते

धेरै पढिएको

ताजा समाचार