महेन्द्रसिँह धोनी छोरीसँग खेलेको भिडियो सामाजिक सञ्जालमा भाईरल


नयाँ दिल्ली, भारत । भारतीय ‘टि २० टिम’ बाट बाहिरिएसँगै चर्चित क्रिकेटर महेन्द्र सिँह धोनीले आजकल परिवारसँग समय बिताउन थालेका छन्। धोनीले आफ्नी छोरीसँग खेल्दै गरेको एक भिडियो आफ्नो इस्टाग्राममा पोष्ट गरेका छन्। जुन भिडियो इस्टाग्राममा भाईरल भएको छ।

उक्त भिडियोमा छोरी जीवाले धोनीसँग दुई भाषामा कुरा गरेकी छन्। जीवले बाबुसँग भोजपुरीमा सोधेकी छन्, – ए महेन्द्र सिँह धोनी कइसन बा ? भनेकी छन् भने तमिल भाषामा पनि जीवाले सोधेकी छन् – ए महेन्द्र सिँह धोनी एपडी इरुकिन्गा महेन्द्र सिँह धोनी तपाईलाई कस्तो छ ?

यसको जवाफमा धोनीले तमिल भाषामा भनेका छन्, ‘नल्ला इरुकेन म ठिक छु’ भोजपुरी धोनीको मातृभाषा हो भने चेन्नई सुपरकिंगजसरी उनले तमिल भाषा पनि सिकेकी छन्।

धोनीले पछिल्लो पटक वेस्टइन्डिज विरुद्ध ‘वान डे’ सिरिज खेलेका थिए भने विडिजको विरुद्ध ‘टि २०’ सिरिज खेलेका थिए।


प्रकाशित : २०७५ मंसिर ९, आईतवार २०:५१ गते

धेरै पढिएको

ताजा समाचार