“जा मनः गुभाजु” टिमले सम्पन्न गर्यो प्रेस मिट!


जा मनः गुभाजु १७ औं शताब्दीमा कान्तिपुरका राजा प्रताप मल्लका पालामा राजाका बिश्वासपात्र, एक सिद्धहस्त तान्त्रिक थिए । उनी काठमाडौंको १८ वटा बहाःबही मध्येको मुसुम्बहालमा बस्दथे । उनीे स्थानीयहरु देखि राजा सम्मलाई आवश्यक मार्ग निर्देशन गरेर ख्याति कमाएका एक महापुरुष हुन् । त्यस बखत कान्तिपुरमा भारतबाट आएका एक जना चटकेद्वारा जादु देखाउने नाममा समाजमा आतंक फैलाउने काम गरि आएको देखेर जा मनः गुभाजुले उनलाई पाठ सिकाउंछन् । आखिरमा उनकै शरण परेपछि चटके पछुतो मानि फर्कन्छन् ।

त्यस बखत पानीको शंकट परेको हुन्छ । पानीको जोहो गर्न जा मनः गुभाजुले राजा प्रताप मल्ललाई स्वयम्भूको शान्तिपुर जान र त्यहा बाट नवनागको रगतले लेखिएको शास्त्र ल्याउन दीक्षा दिई मद्दत गर्छन् । उक्त शास्त्र प्राप्ति पछि पानी परेको प्रसंग उल्लेखनीय छ ।
जा मनः गुभाजु एउटा अनुष्ठान गर्न आफ्नो गोप्य कोठामा पसेका हुन्छन् । केही समयपछि उनकी श्रीमतीले मन थाम्न नसकेपछि नहेर्न भनिएता पनि कोठा भित्र पसेर हेर्दा जा मनः गुभाजु अचेतन अवस्थामा देख्छिन् । उनकी श्रीमतीले जा मनः गुभाजुको देहावसान भएको ठानेर उनको अन्त्येष्ठी हुन्छ । तर जामनः गुभाजु सामान्य अवस्थामा जीवितै देखापर्दा देख्नेहरु अचम्म मान्छन् र जा मनः गुभाजुले आफ्नोे अन्त्येष्ठी समेत भइसकेको थाहा पाएपछि लगत्तै फर्केर विलिन हुन्छन् । जादाजादै वहाले जवसम्म आफ्नो कुल वा टोलमा दृष्टि बिहीन, अपांगता भएका, कुप्रिएका ब्यक्तिहरु हुन्छन् तबसम्म आफु जिउंदै रहने वचन दिएर हालसम्म पनि लोकमा त्यस्ता ब्यक्तिहरु हुने गरेको पाइएकाले जा मनः गुभाजु अझै पनि जीवितै रहेको जनबिश्वास रहिआएको छ । नेपालको ईतिहासमा अव्दितीय नक्षत्रका रुपमा चम्किरहेको महापुरुष जा मनः गुभाजुको जीवनीका अरु पनि उजागर हुन बांकी पाटोहरु रहेको हुन सक्ने हुंदा अझ बढी अनुसन्धान गर्न सके अझै पनि हाम्रो इतिहासमा अर्को आयाम थपिने विश्वास लिन सकिन्छ ।

यस चलचित्रमा देखाइएको पुरानो बस्तिका लागि VFX को सहायता लिइएको छ भने अन्य प्राविधिक पक्षमा पनि VFX को प्रयोग प्रचुर मात्रामा भएको छ । जस्तै काष्ठमण्डप । जुन हाल ०७२ को भुकम्प पश्चात भत्किए पछि देख्न नपाईएको अवस्थामा पनि चलचित्रमा देखाउने काम भएको छ । यसमा प्रस्तुत गरिएको चील, मुटु, बाख्राहरुलाई चराउन प्रयोग गरिएको रुख पनि VFX कै उपज हो । चलचित्रमा जा मनः गुभाजुका श्रीमतीव्दारा आफ्नो गोडा चुल्होमा बालेको देखाइएको हेर्न सकिन्छ जुन VFX कै सहायताबाट सम्भव भएको हो । समग्रमा VFX को प्रयोग ३५ देखि ४० प्रतिशत भएको यो चलचित्रको मुख्य आकर्षणको विषय हो ।
यस चलचित्र नयां प्रविधि 4K formt (UHD) मा छायाङ्कन गरिएको हुंदा दर्शकहरुले दृश्यहरुमा नयां स्वाद पाउने देखिन्छ ।
चलचित्रको गुणस्तर उकास्न उच्च स्तरीय COLOUR GRADING प्रविधि समेत अपनाइएको हुंदा छुट्टै स्थान पाउने आशा लिइएको छ ।
यस चलचित्रको संगीत विधामा सकेसम्म परम्परागत बाजागाजाहरु नाय्खिं, धिमे, भुस्याः, खिं, पंय्ता आदि प्रयोग गर्ने काम भएको छ ।

जा मनः गुभाजुका स्वभाव ब्याबहार देखि अन्य घटनाक्रमका बारेमा श्रोत व्यक्तिका रुपमा श्री यज्ञमान पति बज्राचार्य ज्यु, डा. फणिन्द्ररत्न बज्राचार्य ज्यु, डा. नरेशमान बज्राचार्यज्यु, श्री बाबुराजा अज्राचार्य ज्यु, श्री शान्तारत्न बज्राचार्य आदि बौध बीद्वानहरु बाट जानकारी लिगीयाको हो। चलचित्रको मूख्य भुमिकामा देखा परेका कलाकार श्री सुशील राजोपाध्यायकै पटकथा, सम्वाद रहेको यस चलचित्रमा शीर्ष गीत पनि उनैको रहेको छ ।
इतिहासको विषयवस्तु चुनौतिपूर्ण मात्र होइन विवादास्पद पनि हुने गर्दछ । यत्ति हुदाहुदै पनि इतिहासका घटनामा आधारित चलचित्र बनाउने काममा हातहाल्नु कम जोखिम पूर्ण हुंदैनन् । यस्ता जोखिम समेतको परवाह नगरेर जा मनः गुभाजु जस्ता महापुरुषका जीवनीमा आधारित चलचित्र बनाउनु एउटा दुःस्साहस पनि हुन सक्छ । जनमानसमा विभिन्न किंवदन्तिका रुपमा रहिसकेको यस्तो घटनालाई चलचित्रका रुपमा निर्माण गर्ने क्रममा चलचित्र को मुख्य भूमिका मा सुशील राजोपाध्याय, सरस्वती मानन्धर, साकार पन्त ,पुस्करभक्त माथेमा, संघरत्न शाक्य ,लक्ष्मीनाथ तिमिल्शिना, सुलोचना मानन्धर श्रेष्ठ , सुरज ब्यन्जनकार , अन्नपुरनेशोवरि श्रेष्ठ , अमिता जोशी रहेका छन् भने छायांकनमा भावनी शिलाकर सम्पदन दिपान शाक्य , ख्ँह् सचिन जोशी तथा समूह , संगीत वालकृष्ण वंश , COLOUR GRADING श्याम कुँवर , गित गौतमदास मानन्धर सतिस महर्जन, रत्नशोभा महर्जन , सरिता साही , चचा गान दिपिन्द्र वज्राचार्य छन् भने जेस्सी पेंनी इन्टरटेन्मेन्ट, राजेन्द्र भक्त श्रेष्ठ वाइल्ड बुक्स प्रोडक्शन, मन्दिरा मानन्धर ले संयुक्त रुपमा निर्माण गरेको यस चलचित्र लाई रवि सायमी र रवि महर्जन ले निर्देशन गरेका छन। साथै चलचित्र निर्माण समूह चलचित्र “जा मनः गुभाजु”आम दर्शक माझ अत्यन्तै लोकप्रिय रहने कुरामा विश्वस्त छ ।


प्रकाशित : २०७५ मंसिर ७, शुक्रबार १३:४८ गते

धेरै पढिएको

ताजा समाचार