—काठमाडौं—
पछिल्लो समय कलाकार र मदिरा एक अर्काको परिपुरक बनेको छ । निजी जीवन नियाल्न थाल्ने हो भने मदिराको नशामा नरमाउने कलाकार सायदै भेट्न सकिन्छ । महोत्सव र मेलाका आयोजकको भनाई अनुसाार त झन पछिल्लो समयमा कलाकार स्टेज पर्फमेन्समा समेत मदिराको सेवन गर्न थालेका छन् ।
उपत्यका बाहिरका प्राय: अधिकांश कार्यक्रममा कलाकारहरु मदिराको चाह राख्न थालेका छन् । ‘अरु व्यक्तिगत कुरा त उनीहरुको थाहा भएन हेर्नुस तर पिउनका लागि कतिपय चलेकै गायिकाले पनि माग गरेका छन्’, एक कार्यक्रम आयोजकले नाम नखुलाउने सर्तमा भने ‘पारिश्रमिक बाहेक नै हाम्रो ठूलो रकम कलाकारलाई पिलाउनमा खर्च हुन्छ ।’
यस्ता पियक्कड कलाकारहरू त्धे धेरै छन् । तर सामाजिक सञ्जालमै आफुलाई पुष्टि गर्ने(नंग्गाउने) स्टेज पर्फमरहरु पनि प्रशस्तै छन् । केही फिल्ममा अभिनय गरिसकेकी रिया श्रेष्ठ पिएपछि उत्तेजक नृत्य गर्न लजाउदिनन । उनी पिएर मात्रै स्टेज छिर्न मन पराउँछिन् ।त्यति मात्रै कहा सुउएर्मै उनल स्टेज कार्यक्रमा भित्रि कपडा सम्म उतारेकी छन् । धेरैवटा कार्यक्रममा उनले पिएर प्रस्तुति दिने गरेकी छिन भन्ने कुरा त् युयुट्युवबाट पनि हेर्न सकिन्छ । “मोडेल रिया श्रेष्ठको नांगो नाच”, “मलेशियामा नाच्दा नाच्दै लुगा खोलिन रियाले” लगायतका टाइटल दिएका थुप्रै भिडियो हामि पाउन सक्छौ ।
रियाले केही नेपाली फिल्ममा अभिनय गरेकी छन् ।

रियामात्र यस्ती पात्र होइनन् । सामाजिक सञ्जालदेखि युट्युवसम्म सेक्सी अन्दाजमा देखिनेहरू थुप्रै छन्, जो पिउनुलाई सामान्य कुराको रुपमा लिन गर्छन । अन्तरवार्ता दिँदा होस् वा सामाजिक सञ्जालमा प्रत्यक्ष आउँदा, उनीहरू वियरका ग्लास बोकेर समेत देखिने गरेका छन् ।
डान्सर चन्दा दाहाल आजभोली उस्तै चर्चामा छिन् । उनको प्रस्तुती मात्र होइन, पहिरनको समेत चर्चा हुने गरेको छ । उनी पनि पियक्कड नायिका/मोडेल मध्येमै पर्छिन् । गायिका सरस्वती लामा पनि पियक्कड मध्येकी एक हुन् । उनले आफुलाई प्रतिरक्षा गर्नका लागि नपिउने गरेको पनि बताउने गरेकी छन् तर लाइभ प्रस्तुतीकै बेला उनले पिएका थुप्रै दृश्य बाहिर आएका छन् ।

ज्योति मगरले त जहान मलेसीया पुगेका बेला कलाकारको भिडमा वियर पिउँदै लाइभ नै देखाइन् । जसको सामाजिक सञ्जालमा व्यापक विरोध पानि भयो । मगर स्टेज चढ्नुपूर्व एक पेग ह्विस्कि पिउन मन पराउँछिन् । यसो गर्दा स्टेजमा देखाउन सक्ने हाउभाउ र अन्दाजमा निखार आउने उनि बताउछिन ।


अभिनेत्री सुष्मा कार्कीलाई पिउने मात्र होइन, चुरोट तान्ने पनि सौख छ । उनी कार्यक्रमपूर्व वियर पिउन मन पराउँछिन् । वियरका लागि उनको खासै ब्रान्ड छैन । तर चुरोट भने उनि सेतो सूर्य चुरोट नै फर्माइस गर्दछिन ।
यी त उदाहरण मात्रै हुन् यस्तै थुप्रै कलाकार छन् जसले स्टेजमा मदिराको तालमा दिएको प्रस्तुतिले दर्शक दिक्क त भएका छन् नै, साथसाथै नेपालि कलाकारिताको समेत धज्जी उडेको छ ।


