—“ठग्स अफ हिन्दुस्तान अन्ततः बक्स अफिसमा सुपरडुपर…………………………………………………………………………………फ्लप”—


निकै हल्लाखल्ला र चर्चाका साथ रिलिज गरिएको बलिउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ अन्ततः बक्स अफिसमा सुपरडुपर  फ्लप भएको छ । फिल्मले पहिलो दिन बम्पर विजनेस गरेको थियो, त्यसपछि लगातार सुक्दै गएको छ । फिल्म रिलिज भएको एक हप्ता पूरा हुँदा व्यापार एक सय ३७ करोडमा सिमित भएको जानकारी बाहिर आएको छ ।  पहिलो दिनमा  फिल्मले ५२ करोड कमाएको हो तर खराब वर्ड अफ माउथले गर्दा फिल्मको व्यापार तल झरेको हो ।

यसअघि सलमान खानको फिल्म ‘रेस ३’ को हालत पनि करिब करिब यस्तै यस्तै थियो ।

सँधै भरोसायोग्यमानिने बलियुड सुपरस्टार ‘आमिर खान’का लागि यो फिल्म उनको करिअरकै खराब फिल्ममध्ये एक मानिएको छ ।

‘ठग्स अफ हिन्दूतास्तान’ २ सय ५० करोडको लागतमा बनेको महँगो फिल्म हो । फिल्मको लाइफटाइम कलेक्सन १ सय ५० करोडमा खुम्चिने अनुमान फिल्म पारखी र फिल्म विदहरु बताउछन । यद्यपि, फिल्मका निर्माता ‘आदित्य चोपडा’ भने सुरक्षित नै छन् किनभने  रिलिज अगावै फिल्मको डिजिटल राइट एक सय असि करोडमा विक्री भएको थियो । वितरकलाई भने ठूलो नोक्सानी भएको छ । उनीहरु अब चीनमा फिल्म रिलिज गरेर पैसा उठाउने दाउमा छन्, भन्ने पनि सुनिन्छ ।

फिल्मको कथावस्तुलाई लिएर नै समिक्षकहरुबाट निकै आलोचना खेपेको हो ‘ठग्स अफ हिन्दूतास्तान’ले । सँधै भरोसायोग्यमानिने बलियुड सुपरस्टार ‘आमिर खान’का लागि यो फिल्म उनको करिअरकै खराब फिल्ममध्ये एक मानिएको छ । यो फिल्मको व्यापारले आमिरलाई निकै चोट लागेको छ । उनी कुनै पनि फिल्मबाट पारिश्रमिकको साटो नाफाको ६० प्रतिशत लिने गर्दछन  तर जब  फिल्मले नाफा नै नगरेपछि अमिरको गोजी रित्तो हुने पक्का भएको छ ।

अभिनेता अमिताभ बच्चनका लागि भने यो फिल्मको आफ्नै छुट्टै महत्व छ । यसअघि उनका कुनै पनि फिल्मले १ सय करोडको व्यापार गरेका थिएन् ।यसैकारण उनका लागि ‘ठग्स अफ हिन्दूस्तान’ चित्त बुझाउने बाटो बनेको छ ।

अमिताभ बच्चन, आमिर खान, काट्रिना कैफ, फातिमा साना सैख लगायतले अभिनय गरेका यो फिल्म नोभेम्बर-८,२०१८ (कार्तिक २२,२०७५) देखि हृलिज भएको हो ।


प्रकाशित : २०७५ कार्तिक ३०, शुक्रबार १६:४० गते

धेरै पढिएको

ताजा समाचार