अर्चना पनेरु अभिनित चलचित्र ‘जिस्म’ को सिक्वेल अाउँदै


काठमाडौं – अर्चना पनेरु अभिनित चलचित्र ‘जिस्म’को केहि महिनापछि अाउन लागेकाे छ। अहिले पोखरामा ‘जिस्म’को सिक्वेल ‘जिस्म २’काे छाया‌ंकन भइरहेकाे छ। ‘जिस्म २’ को सिक्वेलमा अर्चना भने अभिनेत्रीको रुपमा नरहने निर्माण युनिटले जनाएको छ।

चलचित्रमा अनिल राइको नृत्य, योगेश काजीको संगीत रहेको छ । चलचित्रमा भरपुर ग्ल्यामर दृश्य रहने निर्माता गिरीले बताए । चलचित्र आगामी नयाँ वर्षमा प्रदर्शनमा आउनेछ ।

सुरज कुँवरको छायांकन रहेको चलचित्रमा रमेश विश्वकर्मा र रेजिना भण्डारी मुख्य भूमिका छन् । यी दुबैले यस चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

‘जिस्म २’को अहिले पोखरमा छायांकन भइरहेको छ । राजु गिरीले निर्माण गरेको चलचित्र सुचिन्द्र परियारले निर्देशन गरिरहेका छन् । यस अगाडिको सिक्वेलको निर्देशन भने राजु गिरीले गरेका थिए ।


प्रकाशित : २०७५ कार्तिक २९, बिहीबार १९:४४ गते

धेरै पढिएको

ताजा समाचार