काठमाडौं- बलिउडकी एक अभिनेत्रीको भित्रि पहिरन भएकाे गोप्य तस्बिर बाहिरिएपछि भाइरल भएको छ। अन्तराष्ट्रिय स्रोतका अनुसार कलाकारका गोप्य तस्बिर सार्वजनिक गरेर उनीहरुलाई बदनाम गराउन गिरोह नै सक्रिय भएको पनि पाइन्छ ।
बलिउडकी नायिका कमल हसनकी छोरी अक्सरा हसनकोको भित्रि पहिरन भएकाे गोप्य तस्बिर बाहिरिएपछि उनीसहित उनका परिवार समेत तनावमा परेको छन्। पछिल्लाे समय कलाकारहरुका गोप्य तस्बिर बाहिरिदा, त्यसले ठूलै विवाद लिदैँ प्रहरीको लागि पनि चुनौतीको विषय बन्दै गएकाे छ।
अक्सराको गोप्य तस्बिर इन्टरनेटमा केही दिन अगाडि भाइरल भएको थियो । बलिउडमा चलचित्र ‘समिताभ’बाट प्रवेश गरेकी अक्सराको यो तस्बिरले सामाजिक संजालमा तहल्का नै मच्चाएको छ।
तस्बिरमा विशेषगरि, अक्सराले लिएका हट सेल्फीहरु छन् । जुन तस्बिर कसरी र कसले बाहिर ल्यायो भन्ने उनलाई समेत पत्तो छैन । तर, अक्सरा अहिले प्रहरीकोमा पुगेकी छिन् । फोटो बाहिर ल्याउने अज्ञात व्यक्तिविरुद्ध उनले एफआइआर समेत दर्ता गरेकी छिन् ।


