काठमाडौं
साफ च्याम्पियनसिप फुटबलको उपाधि माल्दिभ्सले जितेको छ । उपाधिका लागि आज भारत र माल्दिभ्स वीच भएको खेलमा माल्दिभ्सले भारतलाई २ – १ गोल अन्तरले पराजित गरेपछि उपाधि हात पारेको हो ।
खेलको शुरु देखि नै माल्दिभ्सले भारतलाई दबाबमा राखेको थियो । पहिलो हाफ सकिंदा १ गोलले अग्रता बनाएको माल्दिभ्सले दोस्रो हाफको शुरुमा अर्को गोल गरेर जित आफ्नो पक्षमा पारेको थियो ।
भारतले थप समयको २ मिनेटमा एक सान्त्वना गोल फर्काएर नजिता २ – १ मा पारेको थियो । उपाधिको बलियो दाबेदार मानिएको भारत माथि माल्दिभ्सले नतिजा उल्ट्याएर इतिहास बनाएको छ । यस अघि समुह चरणमा माल्दिभ्स भारतसँग २–० गोल अन्तरले पराजित भएको थियो भने नेपाललाई सेमिफाइनलमा ३ – ० अन्तरले पराजित गरेको थियो ।


