काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा आएका मोडल बिमल अधिकारि र सारिका केसीको अभिनयमा गायक मोहन खड्का र सन्ध्या बुढाको गीत ‘मैलो रिबन….’ भिडियो सहित सार्बजनिक भएको छ ।
भाबना म्युजिक सोलुसनले बजार ब्यबस्थापन गरेको उक्त गित बजारमा आएको केहि समयमै चर्चा कमाउन सफल भएको छ ।
पछिल्लो समयमा नेपाल आइडल बाट चर्चामा आएकी सन्ध्या बुढाको सुमधुर आबाजमा मैलो रिबन सार्बजनिक भएको हो । गायिका सन्ध्या बुढालाई चर्चित गायक मोहन खड्काले साथ् दिएका छन् ।
उक्त गीतमा शब्द बिष्णु खवास ‘ एकल ‘ को रहेको छ भने लय गायक मोहन खड्काले नै गरेका छन् । भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् ।
छायांकार राजेश घिमिरेको छायांकन रहेको छ भने सम्पादन बिष्णु शर्माको रहेको छ ।


