पोखरा मा रेड लाईट यरिय हुनी भयॊ:मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

पोखरामा मंगलबार होटल संघ नेपालले गरेको कार्यक्रममा गुरुङले रेडलाइट क्षेत्र तोकेर यौनकर्मीहरूलाई परिचयपत्र दिनुपर्ने बताएका हुन् । उनले यौनकर्मीलाई परिचय पत्र दिएर कर उठाउने व्यवस्था गनुपर्ने बताए ।

मुख्यमन्त्री गुरुङले यो व्यवसायलाई रेडलाइट एरिया हुनुपर्ने या त परिचयपत्रको व्यवस्था गर्नुपर्ने सुझाव दिए । जति रोक्न खोजेपनि भित्रभित्र यौन धन्दा भइरहेको उनले बताए । बरु यौन धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाउन सकिने उनले बताए ।

मुख्यमन्त्री गुरुङले लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको बताए । परिचयपत्रको व्यवस्था गरे थोरे थोरै कर पनि संकलन गर्न सकिने गुरुङको भनाई छ ।


प्रकाशित : २०७५ भाद्र २८, बिहीबार १३:२४ गते

धेरै पढिएको

ताजा समाचार